Sunday, April 7, 2024
नायिका नीति शाह बनिन ‘ब्राडफोर्ड’को ब्रान्ड एम्बेसडर
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित ब्राडफोर्ड ग्लोबल एजुकेसन कन्सल्टेन्सी ग्लोबल एप्लाईले ब्रान्ड एम्बेसडरमा नायिका तथा मोडेल नीति शाह नियुक्त गरेको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गर्दै ब्राडफोर्डले हस्ताक्षर समारोहको आयोजना गर्दै शाहलाई एम्बेसडरको रूपमा नियुक्ति गरेको जानकारी दिएको छ । ब्राडफोर्डले १८ वर्षदेखि विश्वका प्रमुख शैक्षिक गन्तव्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, युके र न्यूजिल्याण्डमा करियर काउन्सिलिङ प्रदान गर्दै आएको छ भने छात्रवृत्ति सहजीकरण गर्नुका साथै वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने English Proficiency Test जस्तै, IELTS, TOFEL, SAT, PTE को गुणस्तरीय कक्षाहरू व्यवस्थापन र परामर्श प्रदान गर्दै आएको छ ।
समाचार स्रोत: Sudur Khabar